सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर हराएका डा. केशव श्रेष्ठ बालाजुबाट सकुशल फेला
काठमाडौं । सामाजिक सञ्जालमार्फत सुसाइड नोट सार्वजनिक गरी सम्पर्कविहिन भएका डा.केशव श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारेको छ। मानसिक तनावका कारण आत्मघाती सोच बनाएका श्रेष्ठलाई बालाजु क्षेत्रको एक घरबाट नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई आज बिहान बालाजुबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार श्रेष्ठ डोरी खोज्दै हिँडेको भन्ने प्रारम्भिक जानकारी दिएका छन्। प्रहरीले समयमै कारबाही अगाडि बढाउँदै उनलाई सकुशल अवस्थामा फेला पार्न सफल भएको छ ।
हाल श्रेष्ठलाई थप अनुसन्धान तथा मानसिक स्वास्थ्य सहायता प्रदान गर्न भद्रकालीस्थित प्रहरी परिसरमा ल्याइएको छ।










