मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड असार ७ गतेसम्म बन्द
चितवन । मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड असार ७ गतेसम्म हरेक रात साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिने भएको छ।
विशेषगरी बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलाको पुल क्षेत्रमा आरसीसी बिम जडान कार्य भइरहेका छ। यही कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न सडक बन्द गरिने योजना लागू गरिएको हो।
यातायात व्यवस्थापनको लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। मुग्लिनबाट मलेखुतर्फ जाने ठूला गाडीहरूलाई मुग्लिनमै रोक्ने र साना गाडीहरूलाई कुरिनटारमा रोकिने व्यवस्था गरिएको छ। त्यस्तै मलेखुबाट मुग्लिनतर्फ जान चाहने ठूला गाडी मलेखु र साना गाडीहरू शीतल बजारमै रोक्ने तयारी गरिएको छ।











