समाचार
विकास, लगानी र प्रविधिमा केन्द्रित बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विकास, लगानी, प्रशासनिक सुधार र प्रविधिमा केन्द्रित नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेको छन् । बुधबार प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रमले प्रदेशको समग्र रूपान्तरणतर्फको योजनात्मक संकेत गरेको कार्यक्रम प्रस्तुत गरेका हुन् ।...
वृद्ध भत्ता पाउने उमेरहद बढ्याे ,विशेष वर्गलाई भने पुरानै व्यवस्था
काठमाडौं । सरकारले वृद्धभत्ता सम्बन्धी नीतिमा चालू आर्थिक वर्षको बजेटमार्फत अब ७० वर्ष उमेर पुगेका नागरिकले मात्र वृद्धभत्ता पाउने प्रावधान लागू गरिएको छ । सामाजिक सुरक्षा भत्ता यस अघि ७० वर्षको साटो ६८ वर्षमै उपलब्ध गराइएको थियो। तत्कालीन सरकारको ‘सामाजिक सुरक्षा बढाउने’ घोषणासँगै यो निर्णय लागू गरिएको थियो। सरकारको...
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको बैठकमा औपचारिक रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको थियो। प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला...
सरकारको दक्षिण कोरियामा अध्ययन अनुमति रोक्ने निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययन अनुमति (एनओसी) स्थगन गर्ने निर्णय लिएको केही दिनमै सर्वोच्च अदालतले त्यस निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले जारी गरेको आदेशमा अध्ययन सत्र सुरु भइसकेको अवस्थामा अनुमति रोक्दा विद्यार्थीलाई अपूरणीय क्षति पुग्न सक्ने देखिएको उल्लेख...
बुटवलमा एक व्यक्तिले गरे पूर्वपत्नी र दुई छोरीको हत्या
बुटवल । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । दीपालाई पुर्वपतिले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या...
मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी : प्रधानमन्त्रीबाट जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुुगेर जानकारी लिनुुभएको छ । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी...
१३१ बोतल लागुऔषधसहित १ जना पक्राउ
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बसपार्क स्थित डेरामा ONEREX- 100 ML को १३१ बोतल लागूऔषधसहित प्रहरीले बिकास तामाङलाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिकास तामाङको डेरामा रितपुर्वक खानतलासी गर्ने...
वनजङ्गलबाट समृद्धि सम्भव छ : मन्त्री सिलवाल
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले समृद्ध नेपाल निर्माणको मार्ग वनजङ्गलको संरक्षण र दिगो उपयोगमै रहेको स्पष्ट पार्नुभएको छ। मङ्गलबार हेटौंडामा आयोजित बागमती प्रदेश स्थानीय वन संवाद कार्यक्रमूलाई सम्बोधन गर्दै मन्त्री सिलवालले जलवायु परिवर्तन, वातावरणीय असन्तुलन र प्राकृतिक विपद्का समस्या समाधान गर्न वनजङ्गलको संरक्षण अपरिहार्य...
कुलेखानी–मातातीर्थ सडक ८ दिन बन्द : वैकल्पिक मार्गको सुझाव
हेटौंडा। काठमाडौँ आवतजावत गर्ने यात्रुहरूका लागि महत्वपूर्ण कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक ८ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नतिको क्रममा ढलानको काम तीव्र गतिमा भइरहेकाले जेठ १३ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालन रोकिएको हो। पूर्वाधार विकास कार्यालय, ललितपुरका अनुसार ढलानको चरणमा पुगेको सडकमा सवारी आवागमन हुँदा निर्माण...
मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
मकवानपुर, थाहा – मकवानपुरको थाहा नगरपालिका–०३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा आज साझ करिब ७:०० बजे भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बसको ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको...










