बुटवलमा एक व्यक्तिले गरे पूर्वपत्नी र दुई छोरीको हत्या
बुटवल । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।
दीपालाई पुर्वपतिले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।
मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।











