बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

संवाददाता
२०८२ जेष्ठ १५, बुधबार १०:३२

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको बैठकमा औपचारिक रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको थियो। प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने सबै प्रक्रिया पूरा भएको जानकारी दिए।

यसपटकको नीति तथा कार्यक्रमले प्रदेशको समावेशी विकास, सेवा प्रवाहमा सुधार, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, तथा स्थायित्वमा केन्द्रित हुने अपेक्षा गरिएको छ। यद्यपि, विपक्षी दलहरूले यसअघि नै सरकारलाई योजनाविहीन र घोषणामुखी नीतिहरूप्रति सचेत गराउँदै आएका छन्।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुखलाई कार्यक्रम प्रस्तुत गर्न औपचारिक पत्राचार गरिसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*