माओवादीको मोर्चा विस्तार : नेपाः राष्ट्रिय पार्टीसँग एकता

संवाददाता
२०८२ जेष्ठ १३, सोमबार १५:३१

  काठमाडौं  । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा माओवादी केन्द्रले नेपाः राष्ट्रिय पार्टीसँग औपचारिक एकता घोषणा गरेको छ।

नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता घोषणा गरेका हुन्। कार्यक्रममा माओवादीका शीर्ष नेताहरूको उपस्थिति देखिनुले यो एकतालाई गम्भीर राजनीतिक सन्देशको रूपमा हेरिएको छ।

साँघुरिंदै गएको जनआधारलाई पुनः विस्तार गर्न माओवादी केन्द्रले समावेशी र पहिचान आधारित क्षेत्रीय दलहरूसँग एकता गर्ने रणनीति लिएको देखिन्छ। यही रणनीतिअन्तर्गत, माओवादीले यसअघि नेसपा (गंगानारायण श्रेष्ठ पक्ष) सँग पनि एकता गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*