एसईई २०८२: रजिस्ट्रेसन फाराम बुझाउने म्याद फेरि लम्बियो, असार ८ सम्म समय

संवाददाता
२०८२ जेष्ठ १३, सोमबार ०७:५१

काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि विद्यार्थीहरूको रजिस्ट्रेसन फाराम बुझाउने समयसीमा फेरि लम्बिएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै विद्यार्थी, अभिभावक र विद्यालयहरूबाट आएको मागको सम्बोधनस्वरूप म्याद जेठ ३० गतेसम्म थप गरिएको जनाएको हो।यसअघि बोर्डले वैशाख १२ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै फाराम बुझाउने अन्तिम म्याद जेठ ११ गतेसम्म तोकेको थियो। तर अब विद्यालयहरूले विद्यार्थीको फाराम संकलन गरी आवश्यक दस्तुर बुझाइसकेपछि प्राप्त भौचरसहित असार ८ गते (आइतबार) सम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनु पर्नेछ।

यद्यपि, फाराम दर्ता बाहेकका अन्य कार्यतालिका भने यथावत् रहनेछ। बोर्डले समयमै सम्पूर्ण प्रक्रिया पुरा गर्न विद्यालयहरूलाई ध्यानपूर्वक निर्देशन दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*