रवि लामिछाने र छविलाल जोशीको रिटमा सुनुवाइ आज पनि जारी

संवाददाता
२०८२ जेष्ठ १०, शुक्रबार ०९:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मङ्गलवारदेखि सुरू भएको सुनुवाइ क्रमशः निर्णायक चरणतर्फ अघि बढ्दैछ। बिहीबार रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए भने त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले आफ्नो पक्ष राखेका थिए।

सरकारी पक्षबाट बिहीबार गोविन्द खनाल, लोकराज पराजुलीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए। आजको सुनुवाइमा भने पीडित पक्षका कानुन व्यवसायीले बहस गर्ने कार्यक्रम रहेको छ। बहसको अन्तिम चरणमा जवाफी तर्क प्रस्तुत गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*