समाचार

बागमती प्रदेशसभा: सत्ता–प्रतिपक्षबीचको विवादले संसद् पुनः अन्योलमा

हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन पुनः अन्योलमा परेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पनि सत्ता र प्रतिपक्षबीचको सहमति अभावका कारण अलमलमा परेको हो। प्रतिपक्ष दलहरू, विशेषतः नेकपा माओवादी केन्द्र, सरकारसँग विगतमा भएका लिखित सहमतिहरू कार्यान्वयन नभएको भन्दै बैठक बहिष्कारको तयारीमा छन्। उता, सरकार भने संसद् चलाउने पहलमा...

गणतन्त्र दिवस मूल समारोह समितिबाट मेयर बालेन शाहलाई हटाउन प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अनुपस्थितिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै मेयर शाहको निरन्तर अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै समितिबाटै हटाउने संकेत दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको समितिको बैठकमा प्रधानमन्त्री ओलीको अध्यक्षता रहेको थियो।...

मनहरी  ५ स्थित कोइराला डाँडाकाे थलि जंगलमा एक जना मृत फेला

हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका वडा नम्बर ५ स्थित कोइराला डाँडाकाे थलि जंगलमा एक जना युवक मृत फेला परेका छन् । साेहि स्थानका डिल्लिपुर घर भएका ३५ बर्षका बिष्णु प्रसाद सापकोटा मृत फेला परेका हुन् । घरमा कोहि कसैलाई नसोधी निस्की हिडेको सापकोटालाई आफन्तहरुले सबैतिर खोजतलास गर्ने क्रममा २:२५...

जब मृत्युको मुखबाट फर्केँ

हेटौंडा । आज २ जेठ २०८२ । ठ्याक्कै ८ महिना भयो मैले ‘बाइबाइ रक्सी’ भनेको। अनि ८ महिना नै पूरा भयो– मृत्युको मुखबाट फर्केर दोस्रो जीवन बाँचेको। करिब नौ महिना अगि म काठमाडौ मेरो कार्यालयबाट फर्कदै थिए तिथिमिती गते बार त बिर्सिए तर त्यो अपराह्न म दोबाटोमा थिएँ– नजिकिंदै...

मुख्य बजारमा पानी आपूर्ति पुनः सुरु, समन्वयमार्फत आपत्कालीन मर्मत कार्य सफल

हेटौंडा । हेटौंडा नगरका बासिन्दाले शुक्रवार बिहानदेखि फेरि नियमित रुपमा खानेपानी सेवा पाएका छन्। विगत केही दिनदेखि अवरुद्ध रहेको पानी आपूर्ति सेवा बिहीबार राति १ बजेदेखि पुनः सञ्चालनमा आएको हो। पानी आपूर्तिमा समस्या उत्पन्न हुनुको कारण सडक डिभिजन कार्यालयले सामरी खोलापट्टीमा बनाइरहेको रिटेनिङ्ग वाल निर्माणको क्रममा खानेपानी बोर्डको १४ इन्चको...

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द 

हेटौंडा । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज शुक्रबारदेखि बन्द गरिएको छ। आगामी जेठ २० गतेसम्म (१९ दिन) सो सडक पूर्ण रूपमा सवारीका लागि बन्द रहने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ। सडक कालोपत्रे कार्य तीव्र रुपमा अघि बढाउने उद्देश्यले सडक बन्द गरिएको हाे । सडक बन्दसँगै यस क्षेत्रका थुप्रै...

चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन । चितवनको पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताएका छन् । बसमा ३९ जना सवार थिए । घाइतेमध्ये...

सरकारी सेवाबाट अवकाशपछि २ वर्षे कुलिङ पिरियड लागू हुने सरकारको सहमति

काठमाडौं । संघीय निजामती सेवा विधेयकसम्बन्धी छलफलमा सरकार अवकाश प्राप्त कर्मचारीका लागि २ वर्षे कुलिङ पिरियड राख्न सहमत भएको छ। गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन्। कुलिङ पिरियड भन्नाले सरकारी सेवाबाट अवकाश लिएपछि अर्को पदमा नियुक्तिका लागि प्रतीक्षा गर्नुपर्ने समयलाई जनाउँछ।...

सगरमाथा संवाद काठमाडौंमा सुरु : हिमाली आवाज विश्वमञ्चमा गुन्जिने प्रयास

काठमाडौं । नेपालको जलवायु नेतृत्वलाई विश्वसामु स्थापित गर्ने लक्ष्यसहित ‘सगरमाथा संवाद’ आज काठमाडौंमा सुरु भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहित सुरु भएको यो संवाद नेपाल सरकारले पहिलो पटक आयोजना गरेको हो। सगरमाथाको नामबाट पहिचान बनाएको नेपालले अब जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज बुलन्द गर्न...

अखिल समाजवादी मकवानपुरद्वारा विद्यार्थी एकता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

मनहरी । नेकपा निकट अखिल (समाजवादी) मकवानपुरले ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर २ मा रहेको विद्यालयकाे शिशु कक्षा देखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।...