बागमती प्रदेशसभा: सत्ता–प्रतिपक्षबीचको विवादले संसद् पुनः अन्योलमा

संवाददाता
२०८२ जेष्ठ ७, मंगलवार ०७:३४

हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन पुनः अन्योलमा परेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पनि सत्ता र प्रतिपक्षबीचको सहमति अभावका कारण अलमलमा परेको हो।

प्रतिपक्ष दलहरू, विशेषतः नेकपा माओवादी केन्द्र, सरकारसँग विगतमा भएका लिखित सहमतिहरू कार्यान्वयन नभएको भन्दै बैठक बहिष्कारको तयारीमा छन्। उता, सरकार भने संसद् चलाउने पहलमा देखिए पनि सहमति कार्यान्वयनप्रति उदासिन देखिएको छ।

बजेटको विषयलाई लिएर गहिरिएको विवादकै कारण चैत १९ मा आह्वान गरिएको हिउँदे अधिवेशन अवरुद्ध भएको थियो। सर्वदलीय बैठकहरू पनि निष्कर्षविहीन भइरहँदा संसद् सञ्चालन नै चुनौतीपूर्ण बन्न पुगेको छ।

राजनीतिक सहमतिका बिन्दुहरू कार्यान्वयन नगरी संसद् चलाउने प्रयासले लोकतान्त्रिक प्रक्रियामा नै प्रश्न उठ्न थालेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*