सरकारी सेवाबाट अवकाशपछि २ वर्षे कुलिङ पिरियड लागू हुने सरकारको सहमति
काठमाडौं । संघीय निजामती सेवा विधेयकसम्बन्धी छलफलमा सरकार अवकाश प्राप्त कर्मचारीका लागि २ वर्षे कुलिङ पिरियड राख्न सहमत भएको छ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन्।
कुलिङ पिरियड भन्नाले सरकारी सेवाबाट अवकाश लिएपछि अर्को पदमा नियुक्तिका लागि प्रतीक्षा गर्नुपर्ने समयलाई जनाउँछ। यसअघि नेकपा एमालेले १ वर्षको अवधि प्रस्ताव गरे पनि बहुमत दलको दबाबपछि दुई वर्षमा सहमति जुटेको हो।











