चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते

संवाददाता
२०८२ जेष्ठ ३, शुक्रबार ११:०७

चितवन । चितवनको पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताएका छन् । बसमा ३९ जना सवार थिए ।

घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*