नेपालमा चट्याङबाट २३७ जनाको मृत्यु ,९०८ जना घाइते

संवाददाता
२०८२ जेष्ठ ७, मंगलवार ०७:४१

काठमाडौं । पछिल्ला चार वर्षमा नेपालमा चट्याङका घटनाले जनधनमा ठूलो क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ साउनदेखि हालसम्म चट्याङबाट २३७ जनाको ज्यान गएको छ भने ९०८ जना घाइते भएका छन्।

विशेष गरी बर्खायाममा खेतबारीमा काम गर्ने सर्वसाधारण बढी प्रभावित हुने गरेका छन्। कोशी र लुम्बिनी प्रदेशमा चट्याङका घटना र क्षति बढी देखिएको छ। कोशीमा मात्रै ५१ जनाको मृत्यु र एक करोडभन्दा बढीको क्षति भएको छ।

त्रिभुवन विश्वविद्यालयका जलवायु विज्ञ मदन सिग्देलका अनुसार चट्याङ रोक्न नसकिने भए पनि सचेतना र प्रविधिको प्रयोगले ८० प्रतिशत क्षति न्यूनीकरण गर्न सकिन्छ। तर, चेतनाको अभाव र कामकाजी व्यक्तिहरू खुला ठाउँमा हुने समयमै चट्याङ पर्ने भएकाले क्षति बढिरहेको छ।

चट्याङ पूर्वसूचना दिन स्थापित राडार उपकरण बिग्रिएको अवस्था छ, जसले सूचना प्रवाहमा बाधा पुर्‍याएको छ। विज्ञहरूले चेतनामूलक कार्यक्रम, वैज्ञानिक उपकरणको प्रयोग र समयअनुसारको काम गर्ने अभ्यासले चट्याङको जोखिम कम गर्न सकिने सुझाव दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*