रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने

संवाददाता
२०८२ जेष्ठ ८, बुधबार १२:१८

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ ।

नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो ।

स्रोतका अनुसार नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज रविको सुनवाइ गर्न नसक्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*