प्रदेश प्रमुख देवकोटाद्वारा बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान गर्नु भएको छ ।
अधिवेशन यहि जेठ ५ गते सोमवार बिहान ११:०० बजेको लागि आह्वान गर्नु भएको हो।
मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन आव्हान गरिएको छ । 










