भेटिएन भासिएको गाडी, काठमाडौँ फर्कियो भूगर्भविदको टोली

संवाददाता
२०८२ बैशाख २४, बुधबार १६:११

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान  जमिनमुनि भासिएकाे घटनामा अनुसन्धानका लागि खटिएको भुगर्भविद् नारायण अधिकारी नेतृत्वको प्राविधिक टोलीले प्रारम्भिक कार्य सम्पन्न गरेको छ।

टोलीले बुधबार प्रारम्भिक अध्ययन कार्य सम्पन्न गरी काठमाण्डौंतर्फ प्रस्थान गरेको जनाइएको छ। चुम्बकीय पद्धतिद्वारा जमिनमुनि रड गाडेर हेर्दा कुनै चिज जमिनमुनि रहेको पत्ता लगाएको तर गाडी नै हो भनेर अनुमान गर्न नसकेको भन्दै ल्याब परीक्षण पश्चात मात्र यथार्थ कुरा थाहा पाउने भूगर्भविद नारायण अधिकारीले जानकारी दिए।

टोलीले स्थलगत निरीक्षण गरी आवश्यक नमूनाहरू संकलन गरेको र ती नमूनाहरूको ल्याब परीक्षणपछि मात्र दोस्रो चरणको कार्य अघि बढाइने बताएकाे छ। यस घटनाको यथार्थ पत्ता लगाउन र सम्भावित भूगर्भीय जोखिम मूल्याङ्कन गर्न थप वैज्ञानिक अध्ययन आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

गत शुक्रबार ना ४ च ४८३३ नम्बरको टाटा मोटर्सको योद्धा डीआई गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँबाट गुडिरहदा एक्कासि भासिन पुगेकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*