बागमती प्रदेश सरकारद्वारा बुधवार सार्वजनिक विदा
हेटौंडा । बागमती प्रदेश सरकारले भोली बुधवार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा विदा दिने निर्णय गरिएको हो। यस सम्बन्धमा बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचनामार्फत जानकारी गराइएको छ।
विदाको निर्णयले प्रदेश सरकारअन्तर्गतका सबै कार्यालय, सार्वजनिक संस्थान, तथा शिक्षण संस्थाहरू बन्द रहनेछ। प्रदेश सरकारले यस अवसरमा सरकारी कामकाजमा मातृभाषाको सम्मान र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको पत्रमा उल्लेख्य गरिएको छ।
सरकारले नागरिकहरूलाई यस दिवसको महत्त्व बुझी मातृभाषा संरक्षणमा भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ।











