प्रतिनिधिसभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौ । गत सोमबारदेखि छलफल जारी रहेको प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १स्१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले राससलाई बताउनुभयो ।











