राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्दैछ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका छन् । संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । बैठकले संसद बैठकको आगामी क्यालेन्डर...

रवि लामिछाने धरौटीमा रिहा

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । उनी अदालतले मागेको १ करोड रूपैयाँ बापतको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । लामिछानेमाथि बुटवलको...

संविधान संशोधनका लागि सबै पक्षको सहमति अवश्यक छ : उपप्रधान तथा सहरी विकासमन्त्री सिंह

बर्दिवास। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनका विषयमा सबै पक्षको सहमति आवश्यक रहेकोमा जोड दिनुभएको छ। आज बर्दिवासमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटमा उहाँले वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउनुभयो। सिंहले भन्नुभयो, हामीले सबै दलसँग पर्याप्त छलफल र गृहकार्य गरेर संविधान संशोधन गर्ने प्रक्रिया...

पार्टीभित्र विपी कोईरालाको नाममा असंगत धारणा राख्ने प्रवृत्ति बढ्यो :गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको नेतृत्व र विचारधारामा असन्तोष व्यक्त गर्दै विपी कोईरालाको नाममा असंगत धारणा राख्ने प्रवृत्तिको आलोचना गरेका छन्। शुक्रवार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास “शास्त्र” को विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, “पार्टीका नेताहरु र कार्यकर्ताहरुले आफूलाई मन परेको कुरा विपीको नाममा भन्नु र त्यसबाट...

एमाले हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा बाेल बहादुर कार्की विजयी

हेटौंडा । आज भएकाे नेपाल कम्युनिस्ट पार्टी (एमाले) हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशनमा अध्यक्ष पदमा  बाेल बहादुर कार्की  विजयी हुनु भएकाे छ  ।  अर्का अध्यक्ष पदका उम्मेदवार जनरल श्रेष्ठ (जेन)लाई ४३ मतले पछि पार्दै कार्की विजयी हुनु भएकाे हाे । कार्कीकाे अध्यक्षतामा ८१ जना कार्य समिति सदस्य सर्वसम्मत...

एमालेको हेटौंडा नगर अधिवेशन अन्तर्गत ३२७ जनाले गरे मतदान

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशनमा आज मतदान सम्पन्न भएको छ । निर्वाचन सर्बसम्मत कार्यसमिति गठन गर्न नसकेपछि गरिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले जानकारी दिएको छ । गत शनिबार उद्घाटन समारोह आयोजना गरिएको अधिवेशनमा हेटौंडा उपमहानगर कमिटीका लागि १६ जनाले उम्मेदवारी दिएका...

एमालेलाई कमजोर बनाउन विदेशी शक्तिहरू लागि परेका छन् : सांसद बर्तौला

 नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले यो देशमा एमालेलाई कमजोर बनाउन विदेशी शक्तिहरू घुँडा टेकेर लागेको भन्दै सशक्त ढङ्गबाट आफूहरूले प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभएको छ। नेकपा एमालेसँग जोडिएका कुनै पनि नेता कार्यकर्ताहरुले गल्ती गरेको अवस्थामा तत्कालै कारबाही गरिने गरिएको भन्दै नयाँ आएको पार्टी रास्वपाले यति धेरै...

अब आत्मसमीक्षा गरेर मात्र नेतृत्वमा आउनुपर्छ : प्रथम मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा एमालेका नेता डोरमणि पौडेलले कार्यकर्ताहरूलाई आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको हेटौडा उपमहानगरपालिका कमिटी दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। गत निर्वाचनमा एउटा पालिकामा जम्मा दुईजनाले जित्नु र उपमहानगरमा पनि आफूहरूले हार बेहोर्नु राम्रो...

नागरिकले अहिले डेलिभरी खोजिरहेका छन्: महेश वर्तौला

हेटौंडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश वर्तौलाले नागरिकले अहिले डेलिभरी खोजिरहेको वताउनुभएको छ । एमाले हेटौंडा उपमहानगर पालिकाको दोस्रो अधिवेशनमा बोल्दै उहाँले सरकार अभावका बिचमा पनि जनताले महसुस गर्नेगरी सेवा प्रवाहमा लागि परेको बताउनुभयो । उहाँले पार्टीलाई जनताको माझमा स्थापित गराउने गरि काम गर्न शुभकामना व्यक्त गर्नु भयो...

रवि लामिछानेमाथि अमावनीय व्यवहार रोक्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गर्नुभएको छ । सहकारीको रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोषपूर्ण, निरंकुश, अमानवीय र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै प्रचण्डले निन्दा पनि गर्नुभएको छ । उहाँले यस्ता व्यवहार रोक्न...