राजनीति
अस्पतालको मातृशिशु भवन निर्माणमा ढिलासुस्ती भएपछि मन्त्री डा. देवकोटा र थापाको छड्के
चितवन । चितवनको रत्ननगर नगरपालिका–२ स्थित बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन मातृशिशु भवनको काममा ढिलासुस्ती भएपछि बागमती प्रदेशका मन्त्रीहरूले सक्रियता देखाएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले आइतबार अस्पतालको स्थलगत अनुगमन गरी कामको अवस्थाबारे जानकारी लिनुभएको हो । निर्धारित समयसीमा सकिएर...
सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काट्यो
काठमाडौँ । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो...
सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू
काठमाडौँ । सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा...
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।
मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर स् श्रम मन्त्री साह पदमुक्त
काठमाडौं । राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेरको गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह९बालेन०ले बिहीबार मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए । मन्त्री साहले पदको दुरुपयोगको आरोप लगे पछि रास्वपा सभापति रवि लामिछाने को सिफारिसपछि यो कदम चालिएको हो । त्यसअघि सभापति लामिछानेले श्रममन्त्री साहले...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा
काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। उनलाई उपचाररत अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार गरिँदै आएको थियो।...
डीपी अर्याल नयाँ सभामुख
काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
देशव्यापी विरोध प्रदर्शन गर्दै एमाले
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत...
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ...
ओली पक्राउको विरोधमा एमालेले आज देशभरका सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ । नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको...








