राजनीति

नेपालमा अध्ययन र सृजनात्मकता हराउँदै गयो : डा.बाबुराम भट्टराई

काठमाण्डौँ  । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा पठन संस्कृतिको कमी र यसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पठन र लेखनको महत्वलाई अवलोकन गर्दै, विगतका दिनमा अध्ययन र सृजनात्मक कार्यहरूमा संलग्न रहनुको आवश्यकता औँल्याउनु भयो । उहाँले विगतको संघर्ष र समर्पणको स्मरण...

रोजगारी सिर्जना गर्न उद्योगलाई प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देशमा रोजगारी सिर्जना गर्न उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा आयोजना गरेको बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत, सम्मान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारीको प्रमुख माध्यम नै उद्योगधन्दा रहेको बताउनुभयो । उद्योगका...

भाद्र ३० गते कांग्रेस महामन्त्री हेटौंडा आउँदै

हेटौंडा । स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउनुहुने भएको छ। उहाँ भाद्र ३० गते हुने भेलालाई सम्बाेधन गर्न अाउन लाग्नु भएकाे हाे । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी दिनु भएको हो । कांग्रेसले...

अवैध ढुंगा निकासी रोक्न गाउँपालिकालाई युवा संघको ध्यानाकर्षण

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा अवैध तवरले नदीजन्य पदार्थ (ढुंगा) ओसारपसार रोक्न राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामालाई युवा संघले ढुंगाको अवैध निकासी रोक्न ध्यानाकर्षण गराएको हो । मकवानपुरगढी गाउँपालिकाको ७ नम्बर वडास्थित सुकौराबाट कर छलेर...

संघीयतालाई कम खर्चिलो गर्ने कांग्रेसको प्रस्ताव अन्य राजनीतिक दलहरुले मानेनन् : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकासको ठोस मोडेल तयार नगरी गरिएका लगानी फलदायी नहुने बताउनु भएको छ । जिल्ला समन्वय समिती मकवानपुरको १० औं जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले दिगो विकासको लक्ष्य प्राप्तीका लागि पहिले विकासको मोडेल तयार गर्नुपर्ने बताउनु भएको हो । विकासको मोडेल तयार...

नेकपा एमालेका प्रमुख सचेतक बर्तौला द्धारा पाँचथरको बम विष्फोटको घटनाबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग

काठमाडौं, २९ भदौ – प्रतिनिधि सभा बैठकमा सोमबार सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे सरकारलाई तत्काल जानकारी गराउन माग गरेका छन्। उहाँले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै १३ भदौको घटनामा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको र दुई जना घाइते भएका घटनाप्रति गम्भीर चिन्ता...

तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैन : प्रधानमन्त्री ओली

तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । काठमाडौंमा आयोजित २१ औं निजामति सेवा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुका समस्यका बारेमा आफुहरुलाई अबगत भएपनि हालको नेपालको अर्थतन्त्रले कर्मचारीको तलब वृद्धि गर्न नसकिने बताउनु भयो...

हुमागाँई एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा चयन

हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन  हुनु भएको छ । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिनुभयो । हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्व मध्येका एक हुन् । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको...

बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री

१३ ओटा मन्त्रालय रहेको बागमती प्रदेशमा एक मन्त्री थप भएका छन् । शनिबार ४ मन्त्रीले सपथ लिएसंगै बागमती प्रदेशमा अब मन्त्रीको संख्या १४ पुगेको छ । यससंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले थप ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।...

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित नौ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित नौ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । बुधबार प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंङ लामा सहितका अन्य नौ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । उहाँहरुलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनु भएको...