राजनीति

नेकपा एमालेले बाढी पहिरो पीडितका लागि ५० लाख आर्थिक सहयोग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको राहतका लागि ५० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। आईतवार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको टोलीले सो रकमको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो। एमालेले यस...

अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने

काठमाडौं । नेपालले बङ्गलादेशसगँ बिजुली निर्यात गर्ने गरी सम्झौता गर्न लागेको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो देश निर्यात गर्ने गरी सम्झौता हुन लागेको हो । नेपालले बङ्गलादेशलाई बिजुली निर्यात गर्न तयार भएको खबरले धेरैलाई उत्साहित बनाएको छ। भारतसँगको सम्झौतासँगै अब नेपालको विद्युत् बङ्गलादेशमा पनि पुग्ने भएको छ।...

नेकपा एमाले मकवानपुरद्वारा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम स्थगन

हेटौंडा । नेकपा एमाले मकवानपुरले असोज ११ र १२ गतेको भारी वर्षाको कारण मुलुकभरको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै चाडपर्वको शुभकामना आदान प्रदान तथा पार्टीका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ। एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले विज्ञप्ती जारी गरी सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जानकारी दिनुभएको हो । विज्ञप्तिमा,...

बागमती प्रदेशमा विपद राहत वितरणको लागि २ करोड ३० लाख

हेटौंडा । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशले विपदबाट प्रभावित जिल्लाहरूलाई राहत वितरण गर्न २ करोड ३० लाख रुपैयाँको रकम छुठ्याएको छ। मन्त्री सुरजचन्द्र लामिछानेले सोमबारको पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिनुभएको हो। उहाँले क्षतिको अबस्था (बढि-कम) अनुसार रकम विनियोजन गरिएको बताउनु भएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन...

अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र विधान र प्रतिवेदन तयारी नपुगेकाले समय सारिएको उपाध्यक्ष एवं कार्यालय प्रमुख केशव रावलले जानकारी दिनु भयो । शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ...

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँको बिदाइका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

भरतपुरमा बडादशैँ स्वदेशी जुत्ताचप्पल व्यापार मेला सुरू , उधोग मन्त्री तामाङले गरिन् उद्घाटन

हेटौंडा : भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गर्नु भएको हो । मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने...

वातावरण संरक्षणमा एकजुट भएर लागौँ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरणबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा सबैलाई एकजुट भएर लाग्नुपर्ने कुरा बताउनु भएको छ । मङ्गलवार हेटौंडा उपमहानगरपालिका ९ स्थित दिव्य बाल उद्यान बेतखोल्सीमा प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लामाले यस अघि वन...

सहकारी प्रकरणसँग सम्बन्धित विवादलाई अब गोरखा मिडियातिर तान्ने प्रयास हुन्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्दोषता पुष्टि गर्दै सहकारी प्रकरणसँग सम्बन्धित विवादलाई आगामी दिनहरूमा गोरखा मिडियामा जोडेर आफुलाई फसाउने प्रयास हुने बताएका छन्। मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोल्दै, लामिछानेले आफ्नो सहकारी सम्बन्धी मुद्दामा निर्दोष रहेको दाबी गरेका हुन् । लामिछानेले भने, “संसदीय...

धेरै मत ल्याउने दललाई, बहुमतसहित पाँच वर्षको सासकीय जिम्मेवारी दिनुपर्छ : महामन्त्री शर्मा

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको संविधानिक व्यवस्थामा सुधारको आवश्यकता रहेको औंल्याउनु भएको छ । महामन्त्री शर्माले संविधानमा परिवर्तन गरी बहुमत प्राप्त गर्ने दललाई पाँच वर्षसम्म सासकीय जिम्मेवारी सम्हाल्ने व्यवस्था लागू गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । यस प्रकारको व्यवस्थाले सरकार सञ्चालनमा पारदर्सिता र स्थिरता ल्याउने विश्वास...