धेरै मत ल्याउने दललाई, बहुमतसहित पाँच वर्षको सासकीय जिम्मेवारी दिनुपर्छ : महामन्त्री शर्मा
हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको संविधानिक व्यवस्थामा सुधारको आवश्यकता रहेको औंल्याउनु भएको छ ।
महामन्त्री शर्माले संविधानमा परिवर्तन गरी बहुमत प्राप्त गर्ने दललाई पाँच वर्षसम्म सासकीय जिम्मेवारी सम्हाल्ने व्यवस्था लागू गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । यस प्रकारको व्यवस्थाले सरकार सञ्चालनमा पारदर्सिता र स्थिरता ल्याउने विश्वास व्यक्त गर्दै, यो व्यवस्था लागु गर्नाले राष्ट्रको व्यवस्थापनमा प्रमुख दललाई प्राथमिकता दिने अवसर मिल्ने उहाँले बताउनु भयो ।
महामन्त्री विश्वप्रकाश शर्माले सरकारले पारदर्शिता र स्थिरता सुनिश्चित गर्नकालागि, दोस्रो, तेस्रो र चौँथो स्थानका दलहरुलाई सरकारमा समावेश नगर्नुपर्ने कुरामा जोड दिनुभएको छ । शर्माले लोकप्रिय मत प्राप्त गर्ने दल अर्थात सबैभन्दा बढी मत ल्याउने दललाई १३८ नै सिट दिई पाँच वर्षको अवधि सरकार सञ्चालन गर्ने अधिकार दिनुपर्ने विचार ब्यक्त गर्नु भयो । यसरी सरकारमा प्रवेश गरेका पार्र्टीका संसदीय दलको नेताले जितेर प्रधानमन्त्री बन्ने व्यवस्था राख्नुपर्ने सुझाव दिएका छन्। साथै, प्रधानमन्त्री हटाउनु पर्ने अवस्थामा, दुई वर्ष कटेपछि आफ्नै संसदीय दलमा विश्वासको मत लिनुपर्ने प्रावधान राख्नुपर्ने उहाँको भनाई छ ।
महामन्त्री शर्माले नयाँ नेतृत्वलाई पार्टीको आन्तरीक संरचनामा परिवर्तन ल्याउन र नयाँ ऊर्जा थप्नका लागि पार्टी अध्यक्ष सेरबहादुर देउबाले त्याग गर्नुपर्ने समेत उल्लेख गर्नु भयो । यसले गर्दा कांग्रेस पार्टीको आन्तरिक संरचनामा सकारात्मक परिवर्तन आउने अपेक्षा उहाँको छ ।
कार्यक्रममा, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै चौथो दललाई सरकारमा समावेश गर्न नमिल्ने टिप्पणी गरेका समेत गर्नु भयो ।नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि नेपाली कांग्रेस सिद्धान्त र विचारमा अडिने पार्टी भएको दाबी गर्दै, आफ्ना नेताहरूको जिम्मेवारीको बारेमा न्यायपालिकालाई स्वतन्त्र रूपमा काम गर्न दिने धारणा व्यक्त गर्दै उहाँले नयाँ पार्टीहरूको अहंकार र अहमता चिन्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रमका अवसरमा निर्वाचित जनप्रतिनिधिहरूको कार्य अनुभव, स्थानीय तहका अधिकार र समन्वयात्मक सम्बन्ध, बाझिएका ऐन र जिल्ला सम्मेलनले पास गरेका विषयहरूमा व्यापक चर्चा गरिएको थियो। कार्यक्रममा वडा सदस्य, अध्यक्ष, स्थानीय तह प्रमुख, उपप्रमुख, जिसस सदस्य, गाउँ नगर कार्य समिति सदस्य लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।