अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने

संवाददाता
२०८१ आश्विन १७, बिहीबार १०:१३

काठमाडौं । नेपालले बङ्गलादेशसगँ बिजुली निर्यात गर्ने गरी सम्झौता गर्न लागेको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो देश निर्यात गर्ने गरी सम्झौता हुन लागेको हो ।

नेपालले बङ्गलादेशलाई बिजुली निर्यात गर्न तयार भएको खबरले धेरैलाई उत्साहित बनाएको छ। भारतसँगको सम्झौतासँगै अब नेपालको विद्युत् बङ्गलादेशमा पनि पुग्ने भएको छ। पहिलो चरणमा ४० मेगावाट बिजुली निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड, र भारतीय एनटिपीसी विद्युत् व्यापार निगम बीच सम्झौतामा हस्ताक्षर गरिने तय धएको छ ।

नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ । उक्त सम्झौताले नेपालको ऊर्जा क्षमतालाई थप उच्चाइमा पुर्याउन मद्द गर्ने छ। यससँगै, बङ्गलादेशले नेपालको जलस्रोतको सदुपयोग गरेर आवश्यक ऊर्जा प्राप्त गर्ने अवसर पनि पाउनेछ।

यो सम्झौताले नेपालका लागि आर्थिक फाइदा मात्र होइन, क्षेत्रीय सहयोग र ऊर्जा सुरक्षा पनि मजबुत पार्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*