नेकपा एमालेले बाढी पहिरो पीडितका लागि ५० लाख आर्थिक सहयोग
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको राहतका लागि ५० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।
आईतवार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको टोलीले सो रकमको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो।
एमालेले यस रकमसँगै पार्टीका सांसदहरूको आधा महिनाको तलव पनि राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
टोलीमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरु सहभागी थिए।