नेपालमा अध्ययन र सृजनात्मकता हराउँदै गयो : डा.बाबुराम भट्टराई

संवाददाता
२०८१ भाद्र २९, शनिबार १७:३७

काठमाण्डौँ  । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा पठन संस्कृतिको कमी र यसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पठन र लेखनको महत्वलाई अवलोकन गर्दै, विगतका दिनमा अध्ययन र सृजनात्मक कार्यहरूमा संलग्न रहनुको आवश्यकता औँल्याउनु भयो ।

उहाँले विगतको संघर्ष र समर्पणको स्मरण गर्दै, भूमिगत कालमा काँग्रेस, कम्युनिष्ट दलका सदस्यहरू जेलमा हुँदा पनि अध्ययन जारी राख्ने परम्परा रहेको बताउनुभयो । डा. भट्टराईले अहिलेको समयमा पनि उक्त अध्ययन र लेखन संस्कृतिको संरक्षण गर्न आवश्यकता रहेको भन्दै, काँग्रेस र कम्युनिष्ट दलका सदस्यहरूले हालको समयको मागअनुसार अध्ययनमा रुचि राख्न छोडेको टिप्पणी गर्नुभयो ।

उहाँले समावेशी लोकतन्त्र र समाजवादलाई प्राथमिकता दिनुपर्ने समेत बताउनुभयो । आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र जनतामा खुशी ल्याउनुपर्ने आवश्यकता छ,उहाँले थप्नुभयो । डा. भट्टराईले लोकतन्त्रको उन्नति र यसको विकासलाई अँगालेर अघि बढ्नुपर्नेमा जोड दिंदै, समावेशी र सहभागितामूलक लोकतन्त्रको आवश्यकताको पक्षमा रहनुपर्ने कुरा उल्लेख गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*