भाद्र ३० गते कांग्रेस महामन्त्री हेटौंडा आउँदै
हेटौंडा । स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउनुहुने भएको छ। उहाँ भाद्र ३० गते हुने भेलालाई सम्बाेधन गर्न अाउन लाग्नु भएकाे हाे ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी दिनु भएको हो । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गर्न ढिलाई गरेकाे कारण २०७९ वैशाखमा सम्पन्न भएकाे निर्वाचनको समिक्षा गर्न हेटौंडामा कार्यक्रम आयोजना गर्न लागिएको हो । स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पार्टीकाे पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका हुनकाे लागि भनिएकाे उहाँले बताउनु भयाे । भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुने उल्लेख गरिएको छ ।