हुमागाँई एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा चयन
हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन हुनु भएको छ । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिनुभयो ।
हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्व मध्येका एक हुन् । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेर मुलुकको सासन ब्यवस्था परिवर्तनमा भुमिका खेल्नु भएको हुमागाईलाई जिल्लामा सम्मानित नेताका रुपमा लिने गरिन्छ ।
मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेको जग बसाल्न भुमिका निर्वाह गर्नुभएका हुमागाँईलाई पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुनुहुन्छ । उहाँकै नेतृत्वमा मकवानपुरगढीमा नेकपा एमाले विस्तार भएको थियो ।
यस्तै, एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन हुनु भएको छ । अध्यक्ष हुमागाई र सचिव खतिवडाले शनिवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
यसैगरी, ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन हुनुभएको छ । पार्र्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य साथै मकवानपुर जिल्ला ईञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम भएको हो । सल्लाहकार कमिटीमा रहेर अध्यक्षमा हुमागाईको यो दोस्रो कार्यकाल हो ।