तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैन : प्रधानमन्त्री ओली
तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
काठमाडौंमा आयोजित २१ औं निजामति सेवा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुका समस्यका बारेमा आफुहरुलाई अबगत भएपनि हालको नेपालको अर्थतन्त्रले कर्मचारीको तलब वृद्धि गर्न नसकिने बताउनु भयो । उहाँले आफुले बजारको अबस्था र कर्मचारीको तलब बारे राम्रो सँग मनन गरेको भन्दै नियोजित रुपमा सरकारको बिरोध गर्नुलाई केही नगरीकनको बहादुरीको संज्ञा दिनुभयो।
प्रधानमन्त्रीले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तलब वृद्धि गरिएको उल्लेख गर्दै हाल सो अबस्था नरहेको बताउनु भयो। देशका केहि तत्वहरुले देशको संस्कृति, सभ्यता, सममाजिक मूल्यहरुलाई कमजोर पार्दै लगेको आरोप प्रधानमन्त्री ओलिको छ । उहाँले क्रमश सबै कुराहरु सुधार र ब्यबस्थापन गर्दे लैजाने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।