बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

संवाददाता
२०८३ बैशाख २१, सोमबार १४:२०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको काठमाडौं र हेटौंडास्थित घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एकैसाथ छापा मारेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार बिहान काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयहरूका साथै हेटौंडास्थित निवास र कार्यालयमा छापा मारेको हो।

विभागका एक उच्च स्रोतका अनुसार ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध रूपमा सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउने प्रयास गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

छापामार कार्यवाहीका क्रममा महत्वपूर्ण कागजात, डिजिटल अभिलेख तथा आर्थिक कारोबारसँग सम्बन्धित विवरणहरू नियन्त्रणमा लिइएको विभागले जनाएको छ। यसैबीच, बानियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने विषयमा कानुनी परामर्श भइरहेको स्रोतले जनाएको छ। तर, औपचारिक रूपमा पक्राउबारे भने विभागले अहिलेसम्म कुनै पुष्टि गरेको छैन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*