राजनीति
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउँदै, राजावादीहरूको शक्ति प्रदर्शनको तयारी
हेटौंडा । आज पोखराबाट काठमाडौँको यात्रा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शण गर्दैछन्। पोखरामा आफ्नो भ्रमणलाई छोडेर, पूर्वराजा आज काठमाडौँ आउन लाग्दा राजावादी दलहरू र उनका समर्थकहरू यस अवसरमा काठमाडौँमा राजतन्त्रको पुनरुत्थानका लागि ताकत प्रदर्शन गर्न जुटिरहेका छन्। राप्रपा, राप्रपा नेपाल र राजा फर्काउने अभियान चलाइरहेका दुर्गा...
समाजमा निराशा र समस्याहरू बढिरहेको छ : रामेश्वर राना
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले समाजमा निराशा र समस्याहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समाजमा सानै उमेरमा पढाई छोड्ने, कुलतमा फस्ने, कम उमेरमा विवाह गर्ने र आत्महत्याको बाटो रोज्ने जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै यी सबै समस्याहरूको अन्त्य नभएसम्म नयाँ...
नेकपा एमाले महासचिव सँग रुसी कुटनैतिक अधिकारीको भेट
काठमाडौं । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तीब्रता दिएका छन् । यसैबीच, नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर – काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग...
नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसमा सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन
हेटौंडा – नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति बृहत विद्यार्थी भेलाबाट विस्तार गरिएको छ। सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन गरिएको हो। कार्यक्रममा उपसभापति उत्सव न्यौपाने, निर प्रताव सिंह, प्रशान्त सापकोटा, र अजित घिमिरे चयन भएका छन्। सचिवमा उत्सब दुङ्गगाना र प्रमेश्वर अधिकारी चयन...
आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश
हेटौंडा । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश गरेको छ ।भ्रष्टाचार नियन्त्रणका लागि स्थापित आयोगले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक,प्रवर्द्धनात्मक र संस्थागत क्षमता...
चित्लाङ सडक कालोपत्रे गर्न पन्ध्र करोडको ठेक्का
मकवानपुर । उत्तरी मकवानपुरको आर्थिक विकासको द्धारको रुपमा रहेको चित्लाङ चन्द्रागिरी थानकोट सडक खण्ड स्तरिकरण एवम् कालो पत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान भएको छ । मकवानपुरबाट निर्वाचित संघीय साँसद एवम् सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक...
प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् । तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने...
रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनकाे आदेश
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने हिजो अदालतमा उपस्थित...
बागमती प्रदेशसभा बैठक हुदै
हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज विहान ११ बजेबाट सुरु भएकाे छ । सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकमा बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएपछि आज बैठक बसिरहेको छ । बैठकमा प्रदेशसभामा...
प्रेस चौतारी नेपाल मकवानपुरले मनायो २७ औं स्थापना दिवस
मकवानपुर – प्रेस चौतारी नेपाल मकवानपुरले आज आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। यो अवसरमा मकवानपुरका सञ्चारकर्मीहरूको ठूलो सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष सरिता दहालले र प्रमुख अतिथिका रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य र मकवानपुर इन्चार्ज रामेश्वर रानाले गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...










