बागमती प्रदेशसभा बैठक हुदै
हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज विहान ११ बजेबाट सुरु भएकाे छ । सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकमा बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएपछि आज बैठक बसिरहेको छ ।
बैठकमा प्रदेशसभामा सरकारलाई विधेयकहरू पेश गर्न दिने सहमति भएको छ । माघ १८ गतेदेखि शुरू भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै सरकारले तीन वटा विधेयक पेश गर्ने भनिए पनि प्रतिपक्ष दल सहमत नहुँदा विभिन्न विधेयक पेश गर्ने कार्यसूची हटाइएको थियो ।










