प्रेस चौतारी मकवानपुरको नवौँ अधिवेशन आज हुदैं

संवाददाता
२०८१ माघ १९, शनिबार १०:३५

हेटौंडा । प्रेस चौतारी मकवानपुरको नवौँ अधिवेशन
आज हुने भएको छ । अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा दिउँसो ३ बजे हुन लागेको हो ।

आज हुने अधिवेशनमा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई हेटौंडा आउने भएका छन्। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा हुन लागेको नवौँ अधिवेशनमा प्रमुख आतिथ्यताको रुपमा भट्टराई मकवानपुर आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनु भयो।

प्रेस चौतारी मकवानपुरको नवौँ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अधिकारीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*