प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन सुरु

संवाददाता
२०८१ माघ १९, शनिबार १६:३२

हेटौंडा । प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन सुरु भएकाे छ । प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा दिउँसो ४:२५ बजेबाट सुरु भएकाे हाे ।

आज भएकाे अधिवेशनमा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई हेटौंडा आउनु भएकाे छ। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा भईरहेकाे नवौँ अधिवेशनमा प्रमुख आतिथ्यताको रुपमा भट्टराई मकवानपुर आउनु भएकाे प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनु भयो।

आजकाे अधिवेशनले प्रेस चौतारी मकवानपुरको नयाँ कार्यसमिति चयन गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*