प्रेस चौतारी नेपाल मकवानपुरले मनायो २७ औं स्थापना दिवस

मकवानपुर – प्रेस चौतारी नेपाल मकवानपुरले आज आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। यो अवसरमा मकवानपुरका सञ्चारकर्मीहरूको ठूलो सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष सरिता दहालले र प्रमुख अतिथिका रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य र मकवानपुर इन्चार्ज रामेश्वर रानाले गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामेश्वर रानाले प्रेस चौतारीको समाजमा महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संस्थाले समाजको समृद्धिका लागि अझ प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समाजको परिवेश परिवर्तन हुँदै गएको अबस्थामा नकारात्मक प्रवृत्तिहरूसँग लड्न र सुसासन तथा समृद्धि स्थापना गर्न प्रेस चौतारीको कलम अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य एकालाल श्रेष्ठले सञ्चारकर्मीहरूको सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको बताउँदै, सञ्चारकर्मीहरूले समाजका पछाडि परेका वर्गलाई लक्षित गरेर ठूलो योगदान पुर्याउन सक्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा चौतारी मकवानपुरकी अध्यक्ष सरिता दहालले नवनिर्वाचित कार्यसमितिले संगठनलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सञ्चारकर्मीहरूको लागि सशक्त र सक्षम नेतृत्वको महत्त्वलाई पनि जोड दिनुभयो।
कार्यक्रममा नेकपा एमाले मकवानपुर सह सचिव आरती पाठक, नेकपा एमाले मकवानपुर प्रचार प्रसार बिभाग प्रमुख उज्ज्वल चौलागाई, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुव अधिकारी, नेपाल प्रेस युनियन मकवानपुर साखा अध्यक्ष सुवास बिडारी लगायतकाको आतित्थ्यता तथा मकवानपुरे सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो।