समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारी मकवानपुरमा प्रवेश

संवाददाता
२०८१ माघ १९, शनिबार १९:०८

हेटौंडा । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारी मकवानपुरमा प्रवेश गर्नु भएको छ । प्रेस चौतारी मकवानपुरको नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिवप्रसाद चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो ।

अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका सचिव योगेश भट्टराईसहित प्रेस चौतारीका नेताहरूले स्वागत गर्नुभएका हुन् ।

समाजवादी प्रेस संगठनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रका सबै नेता प्रेस चौतारीमा समाहित भएपछि समाजवादी प्रेस संगठनका देशभरका सदस्यहरू प्रेस चौतारीमा समाहित हुने क्रम जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*