संविधानका आधारभूत विशेषता कमजोर हुन हुदैन : शेरबहादुर देउवा

संवाददाता
२०८१ माघ १८, शुक्रबार १७:०३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताएका छन् ।

आज भएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नु हुदै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताए ।

देउवाले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेकाले संविधानको अभ्यासको समीक्षा गर्ने समय आएको बताए ।

देउवाले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका विषयमा छलफल प्रारम्भ भइसकेको भन्दै अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*