सामाजिक संजाललाई प्रतिबन्ध हैन, नियमन गर्नुपर्छ : योगेश भट्टराई

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिब योगेश भट्टराईले सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्ने धारणा राख्नु भएको छ। भट्टराईले जातीय विद्वेष, सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्याउने सामग्रीको प्रचारलाई रोक्नका लागि सामाजिक संजालमा नियमन आवश्यक रहेको बताउनु भएकाे हाे। प्रेस चौतारी नेपाल मकवानपुर शाखाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
त्यसै गरि पुर्व प्रधानमन्त्री प्रचण्डको पालामा बन्द गरिएको टिकटकलाई प्रधानमन्त्री ओलीको पालामा पुनः खोलिएको उदाहरण दिँदै, पार्टीले सामाजिक संजाललाई प्रतिबन्ध नगरी, त्यसको प्रयोगमा नियमन ल्याउनुपर्ने भन्दै सामाजिक मिडिया प्लेटफर्महरूको नियन्त्रणको आवश्यकता रहेकाे जनाएका छन् ।
उहाँले भन्नू भयाे “समाजमा अनैतिक र भ्रामक कुरा फैलाएर सामाजिक असमझदारी सिर्जना गर्नुहुँदैन। यसका लागि प्रभावकारी नियमन जरुरी छ।”
भट्टराईले फेसबुक, ट्विटर, टिकटक जस्ता सामाजिक मिडिया प्लेटफर्ममा अनैतिक र भ्रामक सामग्रीको प्रसारलाई रोक्नुपर्ने धारणा व्यक्त गर्नु भएकाे छ । यसका साथै, यस्ता प्लेटफर्म मोनेटाइज गरि पैसा कमाउनेहरुलाई करको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेकाे बताउनु भएकाे छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राना रहनु भएका छन् । त्यसै गरि एमाले केन्द्रीय सदस्य भारती पाठक , पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ , प्रेस चाैतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे र नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगाएतकाे नेता कार्यकर्ता तथा विभिन्न प्रेस संगठनमा आवध पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।