Banner News

बाढीपहिरोको कारण २३३ जनाको मृत्यु

काठमाडौं । बाढीपहिरोको घटनाले धेरैलाई दुःख र क्षति पुर्याएको छ। हाल २३३ जनाको मृत्यु, भएको छ भने २२ जना बेपत्ता र १६९ जना घाइते भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, उद्धार कार्यलाई प्राथमिकता दिइएको छ र १७ हजार१२० जनाको उद्धार गरिएको छ। सरकारले उद्धार र सहायता...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त हुनु भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षे कार्यकालका लागि डा.ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पाका डा.ज्ञवालीको नियुक्ति सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा गरिएको हो...

मकवानपुरगढीमा ज्यामिरे खोलाले बगाएर ६४ वर्षीय परियारको मृत्यु

मकवानपुरगढी । सिमलटार स्थित ज्यामिरे खोलामा लुगा धुने क्रममा खोलाले बगाएर ६४ वर्षीय गोमा परियारको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दपेश दाहालले दिएको जानकारी अनुसार, परियारको लुगा धुने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । ६४ बर्षिय परियारलाई लामो सामय देखि छोप्ने ब्यथा...

आजबाट पितृपक्षको समापन हुदैं ,बडा दशैं भोलिबाट सुरु

हेटौंडा । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको समापन हुदैं छ । असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन गरिदैं छ । आजको औँसी श्राद्धलाई पितृप्रतिको श्रद्धा र सम्झनाको दिनको रूपमा मनाइन्छ । विशेषगरी, दिवङ्गत पितृहरूको लागि तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा यस दिनको प्रमुख गतिविधि हो।...

देशमा मनसुनजन्य बिपद्बाट पूर्वाधारमा ४ अर्बकाे क्षति

देशमा आएका प्राकृतिक विपत्तिले काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लाहरूलाई अति प्रभावित बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार गरेको पत्रकार सम्मेलनमा, सरकारको तर्फबाट मुख्य सचिव एकनारायण अर्यालले विपत्तिका कारण हालसम्म २२४ जनाको मृत्यु भएको र २४ जना बेपत्ता रहेको जानकारी दिनुभयो । साथै, १५८...

दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाण्डूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रति मुद्दा ५०र५० हजार रुपैयाँका दरले दुई वटा मुद्दाका लागि धरौटी मागेको हो। प्रसाईंलाई प्रहरीले गत ६ गते पक्राउ गरेको थियो। उनीमाथि आरोप छ कि उनले युट्युब...

एक भारतीय नागरिक अवैध सुनसहित पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेमा मंगलबार एक भारतीय नागरिकलाई अवैध सुनसहित पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति ३४ वर्षीय सुजित सर्राफ हुन्, जो भारतको बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवाका निवासी हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, सुजितलाई विशेष सूचनाको आधारमा...

बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति

काठमाण्डौं । असोज ११ र १२ गतेको बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएकाे छ । असोज महिनाको दोस्रो हप्ता काठमाण्डौंसहितका विभिन्न जिल्लामा आएको अविरल वर्षासँगै बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुगेको हाे। सरकारले प्रारम्भिक रूपमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ। प्रधानमन्त्री...

मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालन

काठमाडौं । मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालनमा आएको छ । सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–काठमाण्डौ सडकखण्डमा आवतजावतमा समस्या आएको थियो । मलेखुस्थित गजुरी गाउँपालिका–२ परेवा भिरबाट खसेको पहिरोका कारण हिजो बेलुका सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा काठमाण्डौ उपत्यकाबाट बाहिरिएका र भित्रिने गाडीमा यात्रा गर्ने...

बाढी पहिरोमा परि २१७ जनाको मृत्यु २८ अझै बेपत्ता

देश भर केही दिनअघि भएको अविरल वर्षाले बाढी र पहिरो ल्याएर व्यापक जनधनको क्षति भएको छ । हालसम्म २१७ जनाको मृत्यु भएको र २८ जना बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीका कारण १४३ जना घाइते भएका छन्। यस कठिन परिस्थितिमा खोज र...