बाढी पहिरोमा परि २१७ जनाको मृत्यु २८ अझै बेपत्ता
देश भर केही दिनअघि भएको अविरल वर्षाले बाढी र पहिरो ल्याएर व्यापक जनधनको क्षति भएको छ । हालसम्म २१७ जनाको मृत्यु भएको र २८ जना बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीका कारण १४३ जना घाइते भएका छन्। यस कठिन परिस्थितिमा खोज र उद्धारका कार्यहरूका लागि सबै सुरक्षा निकायहरू सक्रिय जानकारी दिनु भएको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आपत्कालीन राहत सामग्री, जस्तै खाद्यान्न, उपलब्ध गराइरहेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचार पनि गरिरहेको जनाएको छ ।
तिवारीले बताए अनुसार, राहत कार्यलाई प्राथमिकता दिइँदै छ र अवरुद्ध भएका राजमार्गहरूलाई खोल्नका लागि पहल भइरहेको छ। तर, बाढीले प्रभावित पूर्वाधार र जनजीवनको पुनर्स्थापना गर्न समय लाग्ने उहाँको भनाई छ ।