दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाण्डूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रति मुद्दा ५०र५० हजार रुपैयाँका दरले दुई वटा मुद्दाका लागि धरौटी मागेको हो।
प्रसाईंलाई प्रहरीले गत ६ गते पक्राउ गरेको थियो। उनीमाथि आरोप छ कि उनले युट्युब च्यानलमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा आबद्ध एक महिलाको चरित्रहत्या गरेका छन्। अर्का एक पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए।
सरकारी वकिल कार्यालय काठमाण्डूले प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा दायर गरेको छ।