मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त हुनु भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षे कार्यकालका लागि डा.ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पाल्पाका डा.ज्ञवालीको नियुक्ति सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा गरिएको हो । गत साउन १५ देखि प्रतिष्ठानको उपकुलपति पद रिक्त थियो,
डा. ज्ञवालीको स्वास्थ्य र शैक्षिक क्षेत्रमा सशक्त पृष्ठभूमि रहेको छ, र उनी यस भूमिकामा आएपछि प्रतिष्ठानको शैक्षिक र अनुसन्धान गतिविधिहरूलाई अघि बढाउन सक्षम हुने विश्वास गरिएको छ ।
साथै, बुधबारको मन्त्रिपरिषद् बैठकले पेरिस पारा ओलम्पिकका कास्य पदक विजेताहरू पलेशा गोवद्र्धन र एरिका गुरुङलाई पुरस्कारको रकम निकासा गर्ने निर्णय पनि गरेको छ ।