मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालन

संवाददाता
२०८१ आश्विन १५, मंगलवार ०८:४९

काठमाडौं । मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालनमा आएको छ । सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–काठमाण्डौ सडकखण्डमा आवतजावतमा समस्या आएको थियो ।

मलेखुस्थित गजुरी गाउँपालिका–२ परेवा भिरबाट खसेको पहिरोका कारण हिजो बेलुका सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा काठमाण्डौ उपत्यकाबाट बाहिरिएका र भित्रिने गाडीमा यात्रा गर्ने हजारौँ यात्रु समस्यामा परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले डोजरको सहयोगमा रातिभर काम गरेर पाँच घण्टापछि सडक एकतर्फी खुलाएकोे हो ।

उक्त क्षेत्रका सडकखण्डमा अझै पनि जोखिमपूर्ण रहेकाले यात्रा गर्दा सावधानी अपनाउन गाडी चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ । सडक दुईतर्फी नै खुलाउने गरी मर्मतको काम भइरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*