देशमा मनसुनजन्य बिपद्बाट पूर्वाधारमा ४ अर्बकाे क्षति

संवाददाता
२०८१ आश्विन १५, मंगलवार १९:१७

देशमा आएका प्राकृतिक विपत्तिले काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लाहरूलाई अति प्रभावित बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार गरेको पत्रकार सम्मेलनमा, सरकारको तर्फबाट मुख्य सचिव एकनारायण अर्यालले विपत्तिका कारण हालसम्म २२४ जनाको मृत्यु भएको र २४ जना बेपत्ता रहेको जानकारी दिनुभयो । साथै, १५८ जनाले घाइते भएको र ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, यो घटना हामी सबैका लागि गम्भीर चासोको विषय हो । सरकारले आवश्यक राहत र उद्धार कार्यमा कुनै कसर बाँकी राख्ने छैन । उहाँले सरकारको तर्फबाट प्रभावित क्षेत्रका नागरिकहरूको लागि दीर्घकालीन सहयोग र पुनर्निर्माणका लागि तत्परता जनाउनु भएको छ ।

मुख्य सचिव अर्यालले भौतिक प्रगतिको प्रारम्भिक आँकलन पनि प्रस्तुत गर्दै, खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, उर्जाका पूर्वाधारमा ४ अर्ब र सिंचाई पूर्वाधारतर्फ १ अर्ब रुपैयाँको क्षति भएको बताउनु भयो ।

यस विपत्तिले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई गम्भीर रूपमा असर पुर्याएको छ । धेरै बासिन्दाहरू आफ्नो घरबारबाट विस्थापित भएको र जीवनयापनका लागि आवश्यक सामग्रीको कमी भइरहेको अवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*