Banner News
नेकपा एमाले मकवानपुरद्वारा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम स्थगन
हेटौंडा । नेकपा एमाले मकवानपुरले असोज ११ र १२ गतेको भारी वर्षाको कारण मुलुकभरको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै चाडपर्वको शुभकामना आदान प्रदान तथा पार्टीका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ। एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले विज्ञप्ती जारी गरी सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जानकारी दिनुभएको हो । विज्ञप्तिमा,...
बागमती प्रदेशमा विपद राहत वितरणको लागि २ करोड ३० लाख
हेटौंडा । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशले विपदबाट प्रभावित जिल्लाहरूलाई राहत वितरण गर्न २ करोड ३० लाख रुपैयाँको रकम छुठ्याएको छ। मन्त्री सुरजचन्द्र लामिछानेले सोमबारको पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिनुभएको हो। उहाँले क्षतिको अबस्था (बढि-कम) अनुसार रकम विनियोजन गरिएको बताउनु भएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन...
उपत्यकाका ३ जिल्ला बाहेक, बागमती प्रदेशमा बाढी र पहिरोले १ सय २० जनाको मृत्यु, ८१ घाईते
बागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेकका क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। यस घटनामा १ सय २० जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाईते भएका छन्। घाईतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको छ। हाल ८ जना मानिस बेपत्ता छन्, जसको खोजी कार्य तीव्र रूपमा अघि बढिरहेको...
विकल रेग्मीको सम्झनामा: विकल स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा
निजगढ नगरपालिकाले हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो घोषणा नगरप्रमुख सुरथ पुरीले आज निजगढमा आयोजित श्रद्धाञ्जली सभामा गरेका हुन्। यस प्रतियोगिताको आयोजनाले १२ गते खसेको पहिरोमा ज्यान गुमाएका ६ जना प्रशिक्षार्थी खेलाडीको सम्झनामा समर्पित हुनेछ। जसमध्ये विकल रेग्मी, जो निजगढ-८ निवासी हुन्...
पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न
हेटौंडा । इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा पहिरोको घटनामा मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइएको छ। यी विद्यार्थीहरू अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका सदस्य थिए। बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै गर्दा पहिरोमा परेका उनीहरूका नाम अनुपम घलान, साइमन योन्जन, र विकल रेग्मी रहेका छन्। अनुपम हेटौँडा-१२, साइमन मकवानपुरगढी...
बाडी पहिरोमा परी १९२ जनाको मृत्यु ३० अझै बेपत्ता
हालै आएको अविरल वर्षाले ठूलो मात्रामा बाढीपहिरो र डुबानको अवस्था सिर्जना गरेको छ। बाढी पहिरोले गर्दा देशभर कैयौँले ज्यान गुमाए भने कयौँ घरबारविहीन भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस प्राकृतिक विपद्का कारण १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता छन्। प्रवक्ता तिवारीले भने, “हामीले...
रामेछाप र सिन्धुली जोड्ने वैकल्पिक मार्ग सञ्चालन
काठमाडौ । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुकोर्टको पक्की पुल बगाएपछि वैकल्पिक मार्ग सञ्चालन भएकाे छ । वैकल्पिक मार्ग मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन शुरु खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन खुलेपछि...
सुचारु भए हेटौडा काठमाडौँ जोड्ने केही सडक
हेटौंडा । हेटौडा काठमाडौँ जोड्ने केही सडकहरू सुचारु भएका छन्। त्रिभुवन लोकपथ सडक खण्ड अन्तर्गत हेटौडा, भैसे, सिमभन्याङ, पालुङ, कुन्छाल, चित्लाङ, चन्द्रागिरी हुँदै थानकोट निस्कने चित्लाङ थानकोट सडक खण्ड सुचारु अवस्थामा रहेको छ। त्यस्तै, त्रिभुवन लोकपथको हेटौडा भैसे सिमभन्याङ पालुङ नौबिसे सडक खण्ड पनि सुचारु भएको छ। यस्तै,मदन भण्डारी...
कुलेखानी जलाशयको ढोका बन्द
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशयको ढोका बन्द गरिएको छ । ३१ बर्ष पछि ईन्द्रसराेवर तालमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने...
विपद अपडेट : १ सय २५ जनाको मृत्यु , ६४ जना बेपत्ता र ६१ जना घाइते
काठमाडौ । पछिल्लो तीन दिनदेखि अाएकाे अविरल वर्षाबाट निम्तिएकाे विपद्मा परी १ सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा ६४ जना अझै बेपत्ता छन् भने ६१ जना घाइते भएका छन् । बाढी र पहिराेमा परी सबैभन्दा धेरै उपत्यकाका तीन वटा जिल्लामा...









