रामेछाप र सिन्धुली जोड्ने वैकल्पिक मार्ग सञ्चालन
काठमाडौ । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुकोर्टको पक्की पुल बगाएपछि वैकल्पिक मार्ग सञ्चालन भएकाे छ । वैकल्पिक मार्ग मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन शुरु खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन खुलेपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ । यस्तै अवरुद्ध बीपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड पनि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि त्यो सडकखण्डमा गाडी चल्न थालेका हाे ।
नेपालथोक–धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्ने भएकाे छ ।