उपत्यकाका ३ जिल्ला बाहेक, बागमती प्रदेशमा बाढी र पहिरोले १ सय २० जनाको मृत्यु, ८१ घाईते

संवाददाता
२०८१ आश्विन १४, सोमबार १४:५३

बागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेकका क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। यस घटनामा १ सय २० जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाईते भएका छन्। घाईतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको छ।

हाल ८ जना मानिस बेपत्ता छन्, जसको खोजी कार्य तीव्र रूपमा अघि बढिरहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोका कारण ७ सय ३५ जनाको सफल उद्दार गरिएको छ। यसैबीच, ९० वटा कच्ची र पक्की घरहरू पूर्ण रूपमा क्षति भएका छन्।

सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पहिरोमा पुरिएका धनमाल निकाल्नका लागि विभिन्न निकाय र स्थानीय बासिन्दाको समन्वयमा प्रहरीले निरन्तर काम गर्दैछ। साथै, राजमार्ग र लोकमार्गमा भएको अवरोध हटाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ।

स्थानिय प्रशासन र सुरक्षा निकायहरूले प्रभावित परिवारलाई सहयोग गर्दै, आपतकालीन सहायता उपलब्ध गराउने प्रयासहरु भैइरहेको प्रसासनले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*