Banner News
मकवानपुरगढीको सामरी खोलामा पानीको बहाब अत्याधिक बढ्यो , तटिय क्षेत्र उच्च जोखिममा
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा पानीको मात्रा अत्यधिक वृद्धि भएको छ। स्थानीय जानकारहरूका अनुसार, यो वर्षको बाढी २०६१ सालको बाढी पछिको ठुलो मानिएको छ, जसले खोला आसपासका बासिन्दालाई चिन्तित बनाएको छ। सामरी क्षेत्रका डुम्रेकुना, भालुखोला, धादिङ, सिमल्टार र बुग्दोल जस्ता स्थानहरूमा बाढीको जोखिम बढ्दै गएको छ। विशेषगरी, धादिङ...
धनलाल सुनार: पुरातात्त्विक कला र सिपको संरक्षक !
हेटौंडा । विश्वकर्मा अर्थात कामिकाे भागमा आरन , परियार (दमै)ले लुगा सिलाउनु पर्ने । क्षेत्री सेनामा भर्ती हुनुपर्ने अनि ब्राह्मणले पुजापाठ, जात अनुसार सिपकाे बाँडफाँड । हरेककाे आफ्नै पहिचान । समाजले राखेकाे नियम कानुन मान्नै पर्ने र पालना नगरेमा सजाय भाेग्नु पर्ने, यी पुराना कुरा हुन् । अहिलेकाे समयमा...
काठमाडौं – हेटौंडालाई जोड्ने मुख्य दुई सडक पहिरोका कारण अवरुद्ध
काठमाडौं – हेटौंडालाई जोड्ने मुख्य दुई सडक पहिरोका कारण अवरुद्ध भएका छन्। निरन्तर वर्षाका कारण सडक माथीबाट आएको पहिरोले बकैया-१२, घट्टेपाखा स्थित कान्तीलोकपथ र इन्द्रसरोवर-२, सुकौरा स्थित भिमफेदी कुलेखानी फाखेल काठमाडौं खण्डलाई प्रभावित गरेको हो। बिहीबारदेखि अवरुद्ध रहेको कान्तीलोकपथको स्थिति यथावत रहेको छ। सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय...
प्रधानमन्त्री ओलीको UN महासभामा सम्बोधन: नेपालको शान्ति र विकासको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सम्बोधन गर्दै नेपाल शान्ति प्रक्रियामा चाँडो प्रगति गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले २०६३ सालको बृहत् शान्ति सम्झौतामा हस्ताक्षरपछि नेपालले शान्ति स्थायीत्वमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्नुभयो। ओलीले संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको र ‘सर्वसमावेशी लोकतन्त्र’मा विश्वास रहेको कुरा बताउँदै...
अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र विधान र प्रतिवेदन तयारी नपुगेकाले समय सारिएको उपाध्यक्ष एवं कार्यालय प्रमुख केशव रावलले जानकारी दिनु भयो । शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ...
कान्तिलोकपथ अवरुद्ध: हेटौँडा–काठमाडौँ यात्रामा असर
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ, जसका कारण यात्रु र सवारी साधनमा ठूलो समस्या उत्पन्न भएको छ। मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा बिहीबार बिहान पहिरो खसेको हो। जिला प्रहरी कार्यालय मकवानपुरका अनुसार, वर्षा पछि आएको पहिरोले सडकमा अवरोध सिर्जना गरेको छ। प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले भने, “बिहानैदेखि...
बागमती प्रदेशसभाबाट प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
हेटौंडा। बागमती प्रदेशले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सोमवार दिउँसो बागमती प्रदेश सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख...
दशैंमा उपत्यका बाहिर जान अग्रिम बस टिकट बुकिङ असोज १२ देखि सुरु
काठमाडौं- दशैंतिहारको अवसरमा अग्रिम बस टिकटको बुकिङ असोज १२ गतेदेखि खुल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार भएको बैठकमा यो निर्णय गरिएको हो। बैठकको अध्यक्षता गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यात्रुको सुरक्षालाई प्राथमिकता दिन आवश्यक मर्मत र सुधार कार्यहरूमा...
रामेछापमा बुलेरो दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा भएको वलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार, ६९ वर्षीय दिलिप कुमार वरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटना आइतबार दिउँसो मन्थलीबाट सालुतर्फ जाँदै गरेको...
दशैँको टीकाको साइत आज सार्वजनिक
हेटौंडा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको छ । बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी दिने उद्देश्यले सार्वजनिक गरिएको हो । यसपालिका दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान...









