रामेछापमा बुलेरो दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

संवाददाता
२०८१ आश्विन ७, सोमबार ०७:१०

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा भएको वलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार, ६९ वर्षीय दिलिप कुमार वरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटना आइतबार दिउँसो मन्थलीबाट सालुतर्फ जाँदै गरेको १८ च १८३९ नं को डवल क्याप वलेरो सुनारपानीको भदौरे मोडमा अनियन्त्रित भई सडकबाट करिव १५० मिटर तल खस्दा मन्थली नगरपालिका वडा नं-४ की ६० वर्षीय पदम माया नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। पदम माया दलित महिला वडा सदस्य हुन्।

दुर्घटनामा घाइते भएका वलेरो चालक ४२ वर्षीय गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेमा मन्थलीका ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजिता रसाइली, २५ वर्षीया सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपाली सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार गराइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*