दशैँको टीकाको साइत आज सार्वजनिक
हेटौंडा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको छ । बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी दिने उद्देश्यले सार्वजनिक गरिएको हो ।
यसपालिका दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ । असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ ।